काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुँदैछ । ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा बैठक बस्नेछ ।
एमालेको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
प्रतिवेदनमा समसामयिक राजनीति, जेनजी आन्दोलन, घुसपैठ, व्यक्ति र सार्वजनिक सम्पतीको तोडफोड आदि विषय समेटिनेछन् ।
त्यस्तै बैठकले पार्टीले आगामी मंसिरमा हुने महाधिवेशनको मिति र स्थान तोक्नेछ । अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन र क्षेत्रगत रुपमा इच्छुक केन्द्रीय सदस्यहरूलाई धारणा राख्न दिने गरी समय व्यवस्थापन गरिएको छ । हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय तोकिएको कार्यलय सचिव डा. भिष्म अधिकारीले जानकारी दिए ।