एसियन कप छनोटमा नेपालको लगातार चौथो हार

काठमाडौं ।  सन् २०२७ मा आयोजना हुने एएफसी एसियन कपको तेस्रो चरणको छनोट अन्तर्गत भएको खेलमा नेपाल पाराजित भएको छ । मंगलबार बेलुकी भएको खेलमा भियतनामसँग १-० गोलले पराजित हुँदै नेपालले छनोटमा लगातार चौथो हार बेहोरेको हो ।

आफ्नो पोस्टमा आत्मघाती गोल गर्दा नेपाल पराजित हुन पुगेको हो । खेलको पाँचौ मिनेटमा सुमन श्रेष्ठले कर्नर बलमा विपक्षी खेलाडीको हेडर रोक्ने क्रममा आफ्नै पोस्टमा आत्मघाती गोल गरेका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा भियतनाम विजयी भएको हो ।

जितसँगै भियतनाम ४ खेलबाट ९ अंक जोड्दै समूह ‘एफ’को दोस्रो स्थानमा रहेको छ । समान खेलबाट अंकविहीन नेपाल पुछारमा रहेको छ । यससँगै नेपाल एसियन कप छनोटबाट बाहिरिएको छ ।

आजको खेलमा नेपाली टोलीका मिडफिल्डर रोहित चन्दले सयौं अन्तर्राष्ट्रिय खेलको कोसेढुंगा पार गरेका छन् । रोहितले आफ्नो सयौं खेलमा पूरा समय खेलेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *