विपिनलाई जीवित फर्काउन असफल हुनु अत्यन्त पीडादायकः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले विपिन जोशीलाई जीवित फर्काउन नसक्नु पीडादायक विषय रहेको बताएका छन् ।

मंगलबार सामाजिक संजालमार्फत प्रचण्डले विपिन हत्याको दुःखद् समाचारले आफू अत्यन्त मर्माहित भएको बताएका हुन् ।

उनले भनेका छन्, विपिनको अपहरणपश्चात उहाँको सकुशल रिहाइका लागि नेपाल सरकार, सम्बन्धित निकाय तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा भएका निरन्तर प्रयासका बावजुद उहाँलाई जीवित फर्काउन असफल हुनु अत्यन्त पीडादायक विषय हो । यस दुःखद् घडीमा म वहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। मैले आफन्तहरुको मृत्युको पीडा अत्यन्तै नजिकबाट आत्मबोध गरेको छु। यो पीडादायी क्षणमा धैर्यधारण गर्दै अघि बढन अनुरोध गर्दछु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *