नेप्सेमा १९ अंकको गिरावट

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से ओरालो लागेको छ । मंगलबार नेप्से १९.४३ अंकले ओरालो लागेको हो । कारोबार खुल्दा केहीबेर बजार बढे पनि आधा घण्टामै ओर्र्लिएको थियो । आज शेयर बजारमा ३ अर्ब ३६ करोडको कारोबार भएको छ ।

३३ कम्पनीको मूल्य बढ्दा २१४ को घट्यो भने ५ को स्थिर रह्यो । ंनिर्जीवन बीमा १.१०, माइक्रोफाइनान्स ०.७९, उत्पादन तथा प्रशोधन ०.९८, जीवन बीमा ०.९८, लगानी १.१६, होटल तथा पर्यटन १.११, फाइनान्स १.४०, विकास बैंक १.०० र बैंकिङ ०.८२ प्रतिशत घटे ।

आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइनस्योरेन्स, सीईडीबी होल्डिङ्स, युनियन हाइड्रोपावर र शिवम् सिमेन्ट क्रमशः अगाडि रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *