देउवाले दिए पूर्णबहादुरलाई कार्यवाहक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् ।

मंगलबार पार्टी केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै देवाले पार्टीको कार्यवाहक उपसभापतिसमेत रहेका खड्कालाई कार्यवाहक सभापतिको पद हस्तान्तरण गरेको बताएका हुन् । देउवा जेनजी आन्दोलन भएको भदौ २४ पछि पहिलोपल्ट सार्वजनिक कार्यक्रममा देखा परेका हुन् ।

सम्बोधनका क्रममा उनले भने, ‘१५औँ महाधिवेशनमा नेतृत्व हस्तान्तरण गर्छु भनेको छु, त्यसपछि विधानले पनि दिँदैन । पार्टी सञ्चालनका लागि अहिले कार्यवाहक पूर्णबहादुर खड्कालाई हस्तान्तरण गर्छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *