जेनजी आन्दोलनपछि पहिलोपटक कांग्रेस सभापति देउवा सार्वजनिक

काठमाडौं । गत २४ भदौमा भएको जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलोपटक सार्वजनिक भएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा देउवा सार्वजनिक भएका हुन् । बुढानीलकण्ठस्थित आन्दोलनकारीको कुटपिटमा परेका देउवा आजभन्दा अघि सार्वजनिक रुपमा देखिएका थिएनन् ।

नेपाली सेनाले बुढानीलकण्ठबाट उनीसहित पत्नी डा. आरजु राणा देउवालाई उद्धार गरेर लगेको थियो । टाउकोमा गम्भीर चोट लागेका देउवालाई १२ टाँका लगाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *