भृकुटीमण्डपमा ‘तेस्रो तिहार फ्लोरा एक्स्पो’ सुरु(फोटोफिचर)

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि ‘तेस्रो तिहार फ्लोरा एक्स्पो’ सुरु भएको छ । नर्सरी व्यवसायी सङ्घ नेपालको आयोजनामा एक्स्पो सुरु भएको हो ।

मेलामा विभिन्न प्रजातिका फूल गमला तथा मनमोहक आकर्षक फूल लगायत कृषि प्रयोजनमा, ज्योतिको नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विभिन्न प्रजातिका बोटबिरुवा प्रदर्शन तथा बिक्री वितरणका लागि राखिएको छ । आयोजकका अनुसार मेलामा ७० वटा स्टल छन् ।

मेला ३५ हजार अवलोकनकर्ताले अवलोकन गर्ने साथै ५० लाख भन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । मेला अवलोकन गर्न सर्वसाधारणका लागि प्रवेश शुल्क प्रति व्यक्ति १०० र ज्येष्ठ नागरिकको लागि प्रति व्यक्ति ५० रुपैयाँ र विद्यार्थीहरूको लागि निःशुल्क रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *