सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको २ लाख ४८ हजार ५ सय

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला दुई लाख ४० हजार ४ सयमा कारोवार भएको सुन मंगलबार २ लाख ४८ हजार ५ सय रुपैयाँ मूल्य कायम भएको छ ।

यस्तै, आज चाँदीको मूल्यले पनि मूल्य बढेको छ । सोमबार ३ हजार २ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १०५ रूपैयाँले वृद्धि भएर चाँदीको मूल्य ३ हजार ३२५ रुपैयाँ भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *