आज नेपाल र भियतनाम भिड्दै

काठमाडौं । सन् २०२७ मा आयोजना हुने एएफसी एसियन कपको तेस्रो चरणको छनोट अन्तर्गत आज हुने खेलमा नेपाल र भियतनाम भिड्दैछन् । खेल नेपाली समय अनुसार बेलुकी ६:१५ बजे शुरू हुनेछ ।

आजको खेल नेपालले घरेलु मैदानमा खेल्नुपर्ने भएपनि एसियाली फूटबल महासंघ(एएफसी)ले नेपालको एकमात्र अन्तराष्ट्रिय रंगशाला दशरथ रंगशाला खेल्नको लागि अयोग्य रहेको भन्दै निलम्बन गरेपछि नेपालले यस खेलपनि भियतनाममै खेल्नु परेको हो ।

यसअघि नेपालले असोज २३ मा भियतनामविरुद्ध खेल खेलेको थियो । उक्त खेलमा नेपाल ३-१ गोलले पराजित भएको थियो । नेपालको लागि एकमात्र गोल सनिश श्रेष्ठले गरेका थिए ।

एसियन कपमा छनोट हुने झिनो आशालाई जीवित राख्न नेपाललाई आजको खेल जित्दैपर्ने दबाब रहेको छ । हाल नेपाल तीन खेलबाट अंकविहीन रहँदै समूह ‘एफ’को चौथो स्थानमा रहेको छ । समान खेलबाट ६ अंक जोडेको भियतनाम दोस्रो स्थानमा रहेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *