केप भर्डेले पहिलोपटक विश्वकपमा छनोट

काठमाडौं । अफ्रिकी राष्ट्र केप भर्डेले आगामी २०२६ को फिफा विश्वकप फुटबलमा छनोट भएको छ । सोमबार राति भएको खेलमा एस्वाटिनीलाई ३–० ले पराजित गर्दै कप भेर्डेले ऐतिहासिक उपलब्धि हासिल गरेको हो ।

केप भर्डेको जितमा डाइलन लिभ्रामेन्तो, विल्ली सेमेडो र स्टोपिराले समान एक/एक गोल गरे ।

यस जितसँगै केप भर्डे विश्वकपमा पुग्ने जनसंख्या आधारमा दोस्रो सानो देश बनेको छ । यसअघि सन् २०१८ मा विश्वकप खेलेको आइसल्यान्ड मात्र केप भर्डेभन्दा सानो राष्ट्रका रूपमा विश्वकपमा पुगेको देश हो ।

संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने आगामी संस्करणको विश्वकपमा ४८ राष्ट्रले सहभागिता जनाउँदैछन् ।

२०१३ मा पहिलोपटक आफ्रिका कप अफ नेशन्स खेलको डेब्यु गरेको केप भर्डेले त्यसयता दुईपटक क्वार्टरफाइनलमा पुगिसकेको छ । हाल केप भेर्डे फिफा वरीयतामा ७० औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *