काठमाडौंको गौरीघाटमा एक महिलाको हत्या

काठमाडौं । काठमाडौंको गौरीघाटमा एक महिलाको हत्या भएको छ । आइतबार दिउँसो काठमाडौं महानगरपालिका–७ गौरीघाट मिलनचोक बस्ने ४० वर्षीया विमला तामाङको शव फेला परेको थियो ।

मृत फेला परेको खबरपछि प्रहरी वृत्त गौशालाबाट प्रहरीको टोली गएको थियो । प्रहरीले विमलाका पति तेन्जिङ शेर्पालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

श्रीमान श्रीमतीबीच विवाद भएको र कुटपिटबाट विमलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *