प्यालेस्टिनी सात नेतालाई बन्धक र बन्दी आदानप्रदानमा रिहा गरिनुपर्ने हमासको अडान

गाजा । हमासले गाजामा युद्धविराम सम्झौता अन्तर्गत इजरायलले रिहा गर्न लागेका कैदीहरूको सूचीमा सात वरिष्ठ प्यालेस्टिनी नेताहरू पनि समावेश हुनुपर्ने अडान राखेको छ ।

विवरणलाई दोस्रो स्रोतले पुष्टि गर्दै भन्यो, “हमासले अन्तिम सूचीमा सात वरिष्ठ नेताहरू खासगरी मारवान बरघोटी, अहमद सादत, इब्राहिम हामेद र अब्बास अल–सैयदलाई समावेश गर्न जोड दिइरहेको छ।”

पहिलो स्रोतले हमास र उसका सहयोगी लडाकू समूहहरूले गाजामा रहेका सबै जीवित बन्धक र केही मृतकहरूलाई इजरायललाई हस्तान्तरण गर्ने ‘सबै तयारी पूरा गरिसकेका पनि बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *