बङ्गलादेशमा ५० करोड बालबालिका लक्षित टाइफाइड खोप अभियान सुरु

ढाका । बङ्गलादेश सरकारले नौ महिनादेखि १५ वर्षसम्मका करिब पाँच करोड बालबालिकालाई खोप लगाउने लक्ष्यका साथ राष्ट्रव्यापी टाइफाइड खोप अभियान सुरु गरेको छ ।

बङ्गलादेश सरकारका स्वास्थ्य सल्लाहकार नुरजहाँ बेगमले आइतबार ढाकामा अभियानको औपचारिक शुभारम्भ गरेकी हुन्। एक महिना लामो अभियानले नोभेम्बर १३ सम्म निःशुल्क सूईबाट दिन मिल्ने टाइफाइड खोपहरू प्रदान गर्नेछ।

बङ्गलादेशले विश्वव्यापी खोपका लागि सहयोगी सङ्गठन गाभीबाट टाइफाइडको खोपको आपूर्ति प्राप्त गरेको छ।

स्वास्थ्य सेवा महानिर्देशनालयका अनुसार अन्य देशको तुलनामा बङ्गलादेशमा टाइफाइडको सङ्क्रमण दर उल्लेख्यरूपमा उच्च छ।

‘ग्लोबल बर्डन अफ डिजिज स्टडीज २०२१’ को तथ्याङ्कले बङ्गलादेशमा वार्षिक लगभग पाँच लाख मानिसहरूमा टाइफाइडको सङ्क्रमण हुने र यसमध्ये करिब आठ हजार जनाको मृत्यु हुन्छ।

चिन्ताजनक कुरा के छ भने यी मृत्युमध्ये ६८ प्रतिशत बालबालिकाको सङ्ख्या रहने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *