काठमाडौं । जेनजी आन्दोलनमा टिओबी लेखिएको ज्याकेट लगाएर पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ परेका छन् ।
आइतबार उनी सुरुमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पुगेका थिए । तर कार्यालयले उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाएको एसएसपी रमेश बस्नेतले जानकारी दिएका छन् ।
उनले उक्त पेस्तोलसहित देखिएको फोटो भने पुरानो भएको दाबी गरेका छन् । उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
भदौ २३ र २४ गतेको आन्दोलन भड्काउन टीओबी लेखेको टिसर्ट लगाउने समूहको भूमिका रहेको भन्दै तस्बिर र भिडियोहरू सार्वजनिक भएका थिए । त्यसपछि उनीहरुमाथि प्रहरीले निगरानी बढाएको छ।