काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्रशान्त छनोटको सुपर सिक्स अन्तर्गत जारी खेलमा नेपालले युएईलाई सामान्य विजयी लक्ष्य प्रस्तुत गरेको छ । अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले युएईलाई जितको लागि १ सय ४१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४० रनमात्र बनाउन सक्यो । नेपालको लागि आसिफ शेखले अर्धसतक बनाए । उनले ४७ बलमा ४ चौका र एक छक्काको मद्दतमा ५१ रन बनाए । यसअघि कुशल भुर्तेल २८, कप्तान रोहित पौडेल २०, गुलसन झा १४ र कुशल मल्ल १० रन बनाउँदै आउट भए । यस्तै सोमपाल कामीले ६ र सन्दीप जोराले नटआउट ४ रन बनाए ।
युएईको लागि जुनाइद सिद्दिकी, जहिद अली, हैदिर अली, मुहम्मद रोहिद, हर्षित कौशिक र ध्रुव पाराषरले एक/एक विकेट लिएका छन् ।
अब युएईले जवाफी ब्याटिङ गर्नेछ ।