काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तीन दलका तीन प्रमुख नेतालाई बिदाई गर्नुपर्ने बताएका छन् ।
आइतबार सामाजिक संजालमार्फत भिडियो सन्देश जारी गरी महामन्त्री थापाले तीन दलका तीन प्रमुख नेतालाई बिदाई गर्न संवादको नयाँ वातावरण प्रारम्भ गर्नुपर्ने बताएका हुन् । उनले सुधारको सुरुवात गरेर संवादको थालनी गर्नुपर्ने बताए ।
उनले भनेका छन्, ‘हामी आफ्ना नेताहरूलाई सम्मान पनि गरौँ, सेम्पेथी पनि राखौँ । सँगसँगै कांग्रेस, एमाले, माओवादीका सबै साथीहरूलाई म अपील पनि गर्छु, तीन वटै नेताहरूले इफ, बट नभनी नेतृत्व छाड्नुपर्छ ।’
उनले देउवा, ओली र प्रचण्डबीच १० वर्षदेखि म्युजिकल चेयर चलिरहेकाले नै अहिलेको अवस्था सिर्जना भएको दाबी समेत गरेका छन् ।