काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।शनिबार राष्ट्रपति निवास शीतल निवासमा जनेजी प्रतिनिधिहरुसँगको छलफलमा बसिरहेकै बेला अस्वस्थ भएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।
त्यहाँ एक दिन उपचार भएपछि उनलाई आइतबार डिस्चार्ज गरिएको सेन्टरले जनाएको छ। शनिबार नै सेन्टरले विज्ञप्ति जारी गरेर राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको थियो।