महानायक राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक

काठमाडौं । नेपाली चलचित्रका महानायक राजेश हमालले आफ्नो आत्मकथात्मक पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक गरेका छन् । शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा हमाल स्वयंले पुस्तक विमोचन गरेका हुन् ।

कार्यक्रममा हमालले करिब तीन वर्षको तयारीपछि पुस्तक प्रकाशनमा आएको जानकारी दिए । उनले भने, ‘करिब करिब हामीलाई यो पुस्तक लेख्न तीन वर्ष लाग्यो । रोचक ढंगले यो पुस्तक सबैको सामु आएको छ ।’
उनका अनुसार पुस्तकमा चलचित्र क्षेत्रका अनुभव मात्र नभई समाज, राजनीति, धर्म, मनोविज्ञान, मानवीय जीवन, बाल्यकाल, पारिवारिक पृष्ठभूमि लगायत विविध विषयवस्तु समेटिएका छन् ।

साथै उनले पुस्तक तयार भएर पढ्दा आफ्नो सम्पूर्ण जीवनलाई एकचोटी पछाडि फर्केर हेरेजस्तो लागेको बताए ।

‘यो पुस्तक तयार भएर पढ्दा मलाई आफ्नो सम्पूर्ण जीवनलाई एकचोटि पछाडि फर्केर हेरेजस्तो लाग्यो । फेरि त्यही जीवन फेरि जिएँ जस्तो महसुस भयो,’हमालले भने ।

फाइनप्रिन्टले प्रकाशन गरेको पुस्तकमा हमालको ३५ वर्ष लामो फिल्म करिअर, अहिलेसम्म सार्वजनिक नभएको उनको व्यक्तिगत जीवन, परिवार एवम् समाज र अन्य विभिन्न विषय समेटिएको छ । लेखक एवम् पत्रकार यज्ञशसँगको सहकार्यमा पुस्तक तयार पारिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *