झापाको केराबारीबाट ५५ राउण्ड गोली बरामद

झापा । झापाको कमल गाउँपालिका–७ रङ्गपुर स्थित केराबारीमा ५५ राउण्ड गोली फेला परेको छ ।
स्थानीय ५५ वर्षीय गङ्गाप्रसाद पाण्डेले गएराति केराबारीमा सेतो बोरामा गोली फेला पारेको बारे जानकारी गराएपछि गोली बरामद गरिएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

पाण्डेको सूचनाअनुसार शनिबार बिहान इलाका प्रहरी कार्यालय, दमकबाट खटिएको टोलीले बोरामा राखिएको अवस्थामा एसएलआर राइफलका ५५ राउन्ड गोली बरामद गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *