शिक्षक नियुक्तिका लागि साढे चार लाख घुस लिने प्रधानाध्यापक पक्राउ

काठमाडौं । रौतहटको जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक संजय प्रसादसहित दुई जना घुससहित पक्राउ परेका छन् ।

शिक्षक नियुक्तिमा घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वीरगंज महानगरपालिका–१३ स्थित होटलबाट उनीहरूलाई साढे चार लाख घुससहित शुक्रबार पक्राउ गरेको हो ।

आयोगका अनुसार शिक्षक नियुक्तिका लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा टंगालस्थित आयोगको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रधानाध्यापक प्रसादले बिचौलिया अरविन्द प्रकाश साहकानु मार्फत सो घुस रकम लिएको आयोगले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *