काठमाडौं । काभ्रेको बनेपामा निर्माण हुँदै गरेको अत्याधुनिक सुविधा सम्पन्न ‘सिनेपाः स्टुडियो’ का लागि सरकारले ३ करोड रुपैयाँको अनुदान बजेट प्रदान गर्ने भएको छ ।
शुक्रबार सूचना तथा संचार प्रविधि मन्त्रालयका योजना, अनुगमन तथा मूल्याङ्कन शाखाका उपसचिव रामकृष्ण अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीबीच सम्झौतामा हस्ताक्षर भएको छ ।
‘सिनेपाः’ स्टुडियो नेपाली चलचित्र उद्योगलाई प्रविधिक रूपमा सशक्त बनाउन, चलचित्र निर्माताहरुलाई एकीकृत स्थानमा सम्पूर्ण सेवा प्रदान गर्न र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउन लक्षित परियोजना रहेको बोर्डले जनाएको छ ।
यसमा चलचित्र छायांकन, ध्वनि रेकर्डिङ, सम्पादन, भिजुअल इफेक्ट्स (भीएफएक्स), कलर ग्रेडिङ र पोस्ट–प्रोडक्सन सुविधाहरू रहनेछन् ।
‘सिनेपाः’ को निर्माण सम्पन्न भएपछि नेपाली चलचित्रकर्मीहरूलाई विदेशमा गएर महँगो पोस्ट–प्रोडक्सन गर्नुपर्ने बाध्यता अन्त्य हुने बोर्डको अपेक्षा छ ।