मेष राशि
आफन्तसँगको भेटघाटले मन प्रशन्न रहनेछ। स्वादिष्ट भोजनको अवसर प्राप्त हुनेछ। कृषि, व्यापार तथा व्यवसायमा प्रगतिका संकेत छन्। आत्मविश्वास र कार्यक्षमताको उपयोग गर्न सके सफल नतिजा मिल्नेछ।
वृष राशि
पारिवारिक वातावरणमा केही तनाव देखा पर्न सक्छ। अनावश्यक खर्चमा नियन्त्रण आवश्यक छ। नयाँ योजना वा लगानी अघि बढाउँदा विशेष सावधानी अपनाउनु उचित हुनेछ।
मिथुन राशि
चौतर्फी आम्दानीका अवसर प्राप्त हुनेछन्। कार्यक्षेत्रमा सफलता र प्रतिष्ठा दुवै बढ्नेछन्। पारिवारिक माहोल खुशनुमा रहनेछ र रमाइलो समय बित्ने सम्भावना छ।
कर्कट राशि
व्यवसाय विस्तारका साथै कार्यस्थलमा सम्मान वा पदोन्नतिको सम्भावना बलियो छ। साथीभाइसँग भेटघाट र सकारात्मक सहयोग प्राप्त हुनेछ।
सिंह राशि
सामाजिक तथा धार्मिक कार्यमा सक्रियता बढ्नेछ। रमाइलो यात्रा वा सँगालोको अवसर प्राप्त हुन सक्छ। मानसिक सन्तुष्टि अनुभव हुनेछ।
कन्या राशि
आलस्यता र थकानले काममा प्रभाव पार्न सक्छ। स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले ध्यान दिनु आवश्यक छ। व्यवसायमा कठिनाइ र विवादको सम्भावना छ, धैर्य र संयम आवश्यक हुनेछ।
तुला राशि
उर्जाशील र प्रेरित महसुस हुनेछ। यात्रा तथा लत्ताकपडासम्बन्धी व्यवसायमा लाभ प्राप्त हुनेछ। वैवाहिक सम्बन्धमा रहेका असमझदारी हट्नेछन्। सन्तानको तर्फबाट सुखद समाचार मिल्नेछ।
वृश्चिक राशि
कार्यस्थलका समस्या समाधानतर्फ उन्मुख हुनेछन्। प्रतिस्पर्धी परास्त हुनेछन् र मनमा आत्मसन्तुष्टि रहनेछ। मनोरञ्जन वा सर्जनात्मक गतिविधिमा सहभागी हुने अवसर प्राप्त हुन सक्छ।
धनु राशि
शैक्षिक क्षेत्रमा प्रगति सम्भव छ। पारिवारिक तथा सामाजिक दायित्वमा समय व्यतीत हुनेछ। व्यवसाय वा रोजगारी सामान्य गतिमा चल्नेछ।
मकर राशि
स्वास्थ्यमा कमजोरी महसुस हुन सक्छ। खर्च बढ्ने सम्भावना छ। विरोधीहरू सक्रिय भएर अवरोध सिर्जना गर्न सक्ने भएकाले सतर्कता अपनाउनु हितकर हुनेछ।
कुम्भ राशि
व्यवसाय विस्तारका सम्भावना बलिया छन्। मानसम्मान र प्रतिष्ठा वृद्धि हुने समय छ। दाजुभाइ वा नातेदारबाट सहयोग प्राप्त हुनेछ।
मीन राशि
आर्थिक पक्ष सामान्य सुधारको क्रममा रहनेछ। बोलीमा संयम आवश्यक छ, किनभने पारिवारिक वा आफन्तीय सम्बन्धमा विवाद उत्पन्न हुने सम्भावना रहन्छ। विवेकपूर्वक निर्णय लिनु हितकर हुनेछ।
स्रोत:- मेरो ज्योतिष