माइतीघर मण्डलबाट पक्राउ परेका डा. निकोलस भुसालले गाँजा सेवन गरेको पुष्टि

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलबाट बिहीबार दिउँसो पक्राउ परेका डा. निकोलस भुसालले गाँजा सेवन गरेको पुष्टि भएको छ ।

प्रहरीले स्वास्थ्य परीक्षणमा भुसालले गाँजा सेवन गरेको पुष्टि भएको जानकारी दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन भट्टराईले भुसालले गाँजा सेवन गरेको पुष्टि भएको जानकारी दिए ।

गतवर्ष भुसाललाई पक्राउ गरेर स्वास्थ्य जाँच गर्दा उनले गाँजा खाएको रिपोर्टमा उल्लेख भएको थियो । प्रहरीले उनलाई सुधारगृहमा राख्ने शर्तमा आफन्तलाई बुझाउने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *