एसियन कप छनोटमा नेपाल भियतनामसँग पराजित

काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत भएको खेलमा नेपाल पराजित भएको छ । बिहीबार बेलुकी सम्पन्न खेलमा भियतनामसँग ३-१ गोलले पराजित हुँदै नेपालले छनोटमा लगातार तेस्रो हार बेहोरेको हो ।

भियतनामको गो डाउ स्टेडियममा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन न्गुयेन तिन लिन्ह, फाम जुआङ मान्ह र भान भि न्गुयेनले समान एक/एक गोल गरे । पहिलो हाफको नवौं मिनेटमै न्गुयेनले गोल गर्दै भियतनामलाई शुरूवाती अग्रता दिलाएका थिए । आठ मिनेटपछि सनिशले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याए ।

पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा लकेन लिम्बू रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि नेपाल १० खेलाडीमा समेटिएको थियो । ६७ औँ मिनेटमा फाम जुआनले गोल गर्दै थाइल्याण्डलाई २-१ गोलको अग्रता दिलाए ।  ७२ औँ मिनेटमा भान भि न्युगेनले गोल गर्दै भियतनामलाई ३-१ गोलको जित दिलाएका हुन् ।

जितसँगै भियतनाम ३ खेलबाट ६ अंक जोड्दै समूह ‘एफ’को दोस्रो स्थानमा रहेको छ । समान खेलबाट अंकविहीन नेपाल अंकतालिकाको पुछारमा रहेको छ ।

अब नेपालले १४ अक्टोबरमा भियतनामसँगै अर्को खेल खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *