२२ अंकले बढ्यो नेप्से

काठमाडौं । बिहीबार शेयर बजार नेप्से दोहोरो अंकले बढेको छ । बिहीबार नेप्से २२.५९ अंकले बढेको छ । नेपाल राष्ट्र बैंककले शेयर बजारमैत्री नीतिगत निर्णय गरेपछि बिहीबार सेयर बजार सकारात्मक लयमा फर्किएको हो । बिहान कारोबार सुरू भएको ३ मिनेटमै शेयर बजारमा पोजिटिभ सर्किट ब्रेक लागेको थियो ।

कारोबार खुलेको ३ मिनेटमै नेप्से ४ प्रतिशतले बढेपछि सर्किट ब्रेक लागेर २० मिनेटका लागि कारोबार स्थगित भएको थियो। त्यसपछि खुलेको बजार दोहोरो अंकले बढेर बन्द भएको हो ।

बुधबार मात्रै नेपाल राष्ट्र बैंकले व्यक्तिगत शेयर धितो कर्जाको २५ करोड रुपैयाँको सीमा र बैंक तथा वित्तीय संस्थाले शेयर खरिदपछि बिक्री गर्न पाउने एक वर्षको लक–इन अवधि घटाएर ६ महिनामा झार्ने निर्णय गरेको थियो ।

बिहीबार २०० स्टक्सको मूल्य बढ्दा ४१ वटाको घट्यो। १० वटा स्टक्सको मूल्य भने आज स्थिर रह्यो।नेप्से दोहोरो अंकले वृद्धि भएपनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन।विन्ध्याबासिनी हाइड्रोपावरको सेयर सर्वाधिक ८.२१ प्रतिशतले बढ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *