काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ । बुधबारको तुलनामा बिहीबार एक तोला सुन एक हजार २०० रुपैयाँले महँगो भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार दुई लाख ३८ हजारमा कारोबार भएको एक तोला सुनको मोल बिहीबार एक हजार २०० ले बढेर दुई लाख ३९ हजार २०० कायम भएको छ ।
चाँदीको मूल्य पनि बढेको छ । बुधबार एक तोला चाँदी दुई हजार ९५५ रुपैयाँमा खरिदबिक्री भएकामा बिहीबार त्यति नै परिमाणको चाँदी तीन हजार २५ रुपैयाँमा क्रयविक्रय भइरहेको महासङ्घका जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।