राष्ट्र बैंकद्वारा सेयर धितोकर्जामा लाग्दै आएको सीमा खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा २५ करोडको सीमा खारेज गरेको छ । राष्ट्र बैंकले संस्थागत लगानीकर्तालाई यसअघि नै उक्त सीमा खारेज गरेकोमा बुधबार व्यक्तिगत लगानीकर्ताका लागि उक्त सीमा खारेज गरेको हो ।

अब सेयर धितो कर्जामा कुनै पनि सीमा नलाग्ने भएको हो । राष्ट्र बैंकले सेयर धितो कर्जामा एक बैंकबाट ४ करोड र सबै बैंकबाट १२ करोडको कर्जा सीमा तोकेर पछि त्यसमा संशोधन गर्दै एकै बैंकबाट १२ करोड लिन सक्ने व्यवस्था पनि गरेको थियो ।

पछि संस्थागतको सीमा बढाउँदै खारेज गर्यो भने व्यक्तिगतर्फ २५ करोडको सीमा राखेकोमा बुधबार त्यसलाई पनि खारेज गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *