अडान, विचार र दृष्टिकोण राख्ने सामथ्र्य हुँदासम्म पार्टी नेतृत्व छाड्दिनः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालै नेतृत्व नछाड्ने बताएका छन् । मंगलबार गण्डकी प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षहरूलाई भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष ओलीले तत्काल नेतृत्व नछाड्ने बताएका हुन् ।

उनले उनले आफूसँग अडान, विचार र दृष्टिकोण राख्ने सामथ्र्य हुँदासम्म पार्टी नेतृत्व नछाड्ने बताए । उनले पार्टीको शिर निहुरिन नदिनेसमते बताए ।

उनले भने, ‘पार्टीको शिर निहुरिन कहिले पनि दिन्नँ, सक्रियताको हिसाबले दिन्नँ, इमानले दिन्नँ, विचारले दिन्नँ । कुनै हिसाबले पनि शिर झुक्न दिन्नँ। अडानको हिसाबले, दृष्टिकोणको हिसाबले कुनै पनि हिसाबले महसुस हुन दिन्नँ ।’

अध्यक्ष ओलीले शारीरिक रूपमा सक्षम रहँदासम्म अडान र नेतृत्व नछाड्ने पनि बताए । उनले भने, ‘जबसम्म म सक्छु, तबसम्म, सक्न छाडेपछि छोड्दिन्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *