बीबीसी । अमेरिकी विशेष दूत स्टिभ विटकफ र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नर इजिप्टमा आज हुने गाजा शान्ति वार्तामा सहभागी हुँदैछन् ।
बीबीसीले उदृत गरेको एक वरिष्ठ प्यालेष्टिनी अधिकारीका अनुसार, इजरायल र हमासबीच मंगलबार भएको दोस्रो दिनको वार्ता कुनै ठोस नतिजा विना समाप्त भएको हो ।
इजरायलले ७ अक्टोबरका हमास आक्रमणको दोस्रो वार्षिकोत्सव मनाइरहेका बेला ट्रम्पले मंगलबार मध्यपूर्व शान्ति सम्भव रहेको बताएका थिए ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले वार्ताको अवस्थाबारे प्रत्यक्ष टिप्पणी नगरे पनि नागरिकलाई सम्बोधन गर्दै भने, ‘हामी निर्णायक क्षणका भाग्यनिर्णायक दिनमा छौं।’ उनले एक्समा लेखे, “इजरायललले आफ्ना युद्धका लक्ष्य — सबै बन्धकहरुको फिर्ती, हमास शासनको अन्त्य, र गाजाबाट इजरायललाई खतरा नहुने सुनिश्चितता — हासिल गर्न निरन्तर प्रयास गर्नेछ।’
समाचार संस्था रायटर्सले जनाएअनुसार, कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानी पनि वार्तामा सहभागी हुँदैछन् ।
उनी गाजाको युद्धविराम योजना र बन्धक फिर्ती सम्झौतामा प्रगति गराउने प्रमुख मध्यस्थ मानिन्छन् । कतारका विदेशमन्त्री र टर्कीको गुप्तचर प्रमुख पनि वार्तामा सहभागी हुने अपेक्षा गरिएको छ।