काठमाडौं । डब्लूटीटी युथ कन्टेन्डर प्रतियोगितामा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय नेपाली टेबलटेनिस टोली अस्ट्रेलियाको पर्थ प्रस्थान गरेको छ ।
अक्टोबर ८ देखि ११ तारिखसम्म आयोजना हुने प्रतियोगितामा खेलाडीको भूमिकामा आर्यन शाही, सुरम्या शाक्य र प्राज्ना मानन्धरले नेपालको प्रतिनिधित्व गर्नेछन् ।
अफिसियलमा अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जन र प्रशिक्षकमा राकेश महर्जन रहेका छन् ।