ओली र लेखकलाई पक्राउ गर्न भन्दै जेनजी समूह प्रहरीकोमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउको माग गर्दै जेनजी समूहका अभियन्ताहरु प्रहरी परिसर काठमाडौं पुगेका छन् ।

सुदन गुरूङको नेतृत्वमा रहेको युवा समूह सोमबार साँझ परिसर पुगेका हुन् । उनीहरु निवेदन लिएर परिसर पुगे पनि प्रहरीले निवेदन भने दर्ता नगरी फर्काइदिएको छ । उनीहरुले ओली र लेखकलाई पक्राउ गरेर अनुसन्धान गर्न माग गरेका छन् ।

यसअघि सुदन गुरुङ समूहले सामाजिक सञ्जालमार्फत दुवै नेतालाई पक्राउ गरेर अनुसन्धान थाल्न अभियान चलाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *