काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया/प्रशान्त छनोट अन्तर्गत भएको दोस्रो अभ्यास खेलमा नेपाल विजयी भएको छ । सोमबार दिउँसो भएको खेलमा कतारलाई १६ रनले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।
जितको लागि १ सय ७१ रनको विजयी लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५४ रनमात्र बनाउन सक्यो ।
यसअघि ओमान क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७० रन बनाएको थियो । नेपालको लागि कुशल भुर्तेलले ५६, दीपेन्द्र सिंह एरीले ३८ र कुशल मल्लले नटआउट ३८ रन बनाए ।
शनिबार भएको पहिलो अभ्यास खेलमा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो ।