नेपालद्वारा कतारलाई बलियो विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया/प्रशान्त छनोट अन्तर्गत जारी दोस्रो खेलमा नेपालले कतारलाई मध्यम विजयी लक्ष्य प्रस्तुत गरेको छ । ओमान क्रिकेट एकेडेमीमा जारी खेलमा नेपालले कतारलाई जितको लागि १ सय ७१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७० रन बनाएको हो ।

अब कतारले जवाफी ब्याटिङ गर्नेछ ।

यसअघि भएको पहिलो अभ्यास खेलमा नेपालले ओमनालाई ६ विकेटले हराएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *