काठमाडौँ । जेनजी मुभमेन्ट एलाइन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सबै आयुक्तहरूलाई तत्काल स्वेच्छिक राजीनामा दिन आग्रह गरेको छ ।
एलाइन्सले आयुक्तहरूको नियुक्तिको प्रक्रियामा गम्भीर प्रश्न उठाउँदै प्रमुख आयुक्त प्रेमकुमार राईसहित अन्य आयुक्तहरूको नियुक्ति तत्कालीन प्रधानमन्त्री केपी ओलीको सरकारले संसदीय सुनुवाइविनै ‘निरङ्कुश ढङ्गले’ गरेको आरोप लगाएको छ ।
जेनजी मुभमेन्ट अलायन्सले अन्तरिम सरकारलाई खुला आवेदन प्रक्रियामार्फत योग्यता र क्षमता भएका नागरिकहरूलाई नयाँ आयुक्तका रूपमा नियुक्त गर्न आग्रह गरेको छ ।

