अबरुद्ध बीपी राजमार्ग खुलाउन डाइभर्सन निर्माणको काम सुरु

काभ्रे । अबरुद्ध बीपी राजमार्ग खुलाउने कार्य प्रारम्भ भएको छ । असोज  १८ र १९ गतेको अबिरल वर्षापछि रोशी खोलामा आएको बाढीले बगाएको डाइभर्सन पुनर्निर्माणको काम सुरु भएको हो ।

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले चौकीडाँडाबाट रोशी खोला डाइभर्सनको पुनर्निर्माणको काम सुरु भएको जानकारी दिएका छन् ।

बीपी राजमार्गको रोशीखोला क्षेत्रमा गत वर्ष असोजमा आएको बाढीले बगाएपछि बनाइएको अस्थायी डाइभर्सन यस वर्षको असोज १८ देखि १९ गतेको वर्षा पछि आएको बाढीले पुनः बगाइदिएपछि अहिले बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।

ऊर्जा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले पनि अवरुद्ध बीपी राजमार्ग छिटो खोल्ने बताइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *