इलाम । इलामको माङसेबुङका पहिरो पीडितलाई नेपाली सेनाले उद्दार गरेको छ । आइतबार इलामको माङसेबुङ गाउँपालिका–१ पातीगाउँमा पहिरोमा परी गम्भीर घाइते भएका एक पुरुष र एक गर्भवती महिलालाई नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारको लागि इटहरी लगिएको सेनाले जनाएको छ ।
इलामका पहिरोका घाइतेको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार



