काठमाडौं । अबिरल वर्षापछिको बाढी पहिरोमा परी कोशी, मधेस र बागमती प्रदेशमा मानवीय क्षति बढी भएको छ । बाढीपहिरो, चट्याङ, सवारी दुर्घटनामा परी तीन प्रदेशमा ४० जनाको मृत्यु भएको छ । पहिरोमा परी इलाममा मात्रै २८ जनाको मृत्यु भएको छ ।
इलामको सूर्योदय नगरपालिका १ मा ५ जना, इलाम नगरपालिका ६ घोसमा ६ जना, देउमाइ नगरपालिकामा २ जना, खापखुकपुङ गाउँपालिकामा १ जना, मान्सेबुङ गाउँपालिकामा ३ जना, माइजोकमाइ गाउँपालिकामा ८ जना र सन्दकपुर गाउँपालिकामा ३ गरी २८ जनाको मृत्यु भएको छ । इलाममा पाँच जना अझै बेपत्ता छन् ।
त्यस्तै बाढी पहिरोमा परी उदयपुरमा दुई, खोटाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । पाँचथरमा जिप दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने रौतहटमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ ।