तमोर नदीमा जिप खस्दा ६ जनाको मृत्यु

फिदिम । तमोर नदीमा जिप खसेर भएको दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ६ पुगेको छ । ताप्लेजुङबाट धरान गइरहेको मे १ ज ३०५५ को जिप शनिबार बिहान पाँचथरको कुम्मायक– ३ कात्तिकेबाट तमोर नदीमा खसेको थियो । दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ६ पुगेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा तीन जना पुरुष र तीन जना महिला रहेका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिएका छन् । दुर्घटनाका घाइतेलाई स्थानीय वासिन्दा र अन्य सुरक्षा निकायको सहयोगमा नेपाली सेनाको वीरदल गणले उद्धार गरेको छ ।

६ जनाको शव संकलन गरेर पाँचथर अस्पताल पठाइएको छ भने एकजनाको फिदिम अस्पतालमा र अन्यलाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *