जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यू आदेश जारी गरेको छ । शुक्रबार साँझ ६ः३० बजेदेखि वडा नम्बर २० का विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरेको हो ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रूपैठामा दुई समुदायबीच झडप भएपछि कफ्र्यू आदेश जारी गरिएको हो । दुर्गादेवीको प्रतिमा सेलाउन जाने क्रममा अर्को समुदायले ढुङ्गामुढा गरेपछि झडप भएको थियो ।
त्यस क्रममा अर्का समुदायले तेलिया पोखरीको डिलमा बनाएको टहरा आगजनी गरेको छ । आक्रोशित भीडले केही अर्को समुदायको घरमा समेत आगजनीको प्रयास गरेपछि कर्फ्यू आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।