बीपी राजमार्गमा राति सवारी संचालनमा रोक

काभ्रे । बीपी राजमार्गमा राति सवारी संचालनमा चलाउन रोक लगाइएको छ । भारी वर्षा हुने मौसम विभागको पूर्वानुमानअनुसार गरेसँगै जिल्ला प्रशासन कार्यालय काभ्रेले राजमार्गमा आज रातिदेगि मंगलबार बिहानसम्म सवारी संचालनमा रोक लगाएको हो ।

प्रशासनले साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको सम्भावना उच्च रहेकोले सतर्कता अपनाउन आग्रह गरेलगत्तै जिल्ला सुरक्षा समिति, जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले निर्णय राति निजी र सार्वजनिक सवारीसाधन आवागमन निषेध गर्ने निर्णय गरेको हो ।

गत वर्षको असोज ११ र १२ गतेको वर्षाका कारण रोशीखोलामा आएको बाढी र पहिरोका कारण बीपी राजमार्ग क्षतविक्षत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *