राष्ट्रपति पौडेलद्वारा गुरु पुरोहितको हातबाट दसैंको टीका ग्रहण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गुरु पुरोहितको हातबाट दसैंको टीका, जमरा, प्रसाद र आशिर्वाद ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार राष्ट्रपति पौडेलले दसैंको शुभ साइत ११ बजेर ५३ मिनेटमा टीका प्रसाद ग्रहण गरेका हुन् ।

उनले हनुमान ढोका दरवारका गुरु देवराज आर्याल तथा राष्ट्रपतिका पुरोहित अर्जुनप्रसाद न्यौपानेबाट टीका र जमरा ग्रहण गरेका हुन् । आफूले टीका ग्रहण गरेपछि राष्ट्रपति पौडेलले प्रथम महिलासहित परिवारका सदस्यलाई टीका लगाइदिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *