पहिलो खेल नखेलेपछि क्यानले गरेको थियो सन्दीपलाई निलम्बन

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)ले सन्दीप लामिछानेलाई वेस्ट इन्डिजविरुद्धको पछिल्लो दुई खेलको लागि निलम्बन गरेको जानकारी दिएको छ । क्यानले बुधबार बेलुकी विज्ञप्ति जारी गर्दै सन्दीपलाई अनुशासनको कारण देखाई निलम्बन गरेको जानकारी दिएको हो ।

युएईमा क्यानको आयोजनामा टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध भएको तीन खेलको सिरिजको लागि नेपाली टोलीमा रहँदै युएई पुगेका सन्दीपले पहिलो खेल शुरू हुनु भन्दा ४५ मिनेट अगाडि नखेल्ने बताएको र उनको उक्त निर्णयले टिम म्यानेजमेन्ट, खेलाडी एवंम् समग्र नेपाली क्रिकेटमै गम्भिर असर पर्न गएकाले उनलाई बाँकी दुई खेल एवंम् टी-२० सिरिज क्रिकेट प्रतियोगिता अवधिभरकोलागि निलम्बन गरेको क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यस्तै आगामी हप्ता ओमानमा शुरू हुने आईसीसी पुरुष टी-२० विश्वकप एसिया/इस्ट पेसिफिक छनोटको लागि भने उनी टोलीमै रहने क्यानले जनाएको छ । उक्त सिरिजको लागि १६ सदस्यीय नेपाली टोली र  सम्पूर्ण अफिसियल आजै ओमान प्रस्थान गरिसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *