झापामा चट्याङ लागेर महिलाको मृत्यु

झापा । चट्याङ लागेर बुधबार झापामा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बिर्तामोड नगरपालिका–३ निवासी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको मृत्यु भएको हो ।

आज बिहान ११ः०० बजे वर्षासँगै परेको चट्याङ लाग्दा उनी घाइते भएकी थिइन्। मुसहर बस्ती निवासी उनी खेतमा बाख्रा लिन गएका बेला उनलाई चट्याङ लागेको प्रहरीले जनाएको छ ।

घाइते ऋषिदेवलाई उपचारका लागि बिर्तासिटी अस्पताल लैजाँदा उनको बाटोमा नै मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *