भूकम्पबाट फिलिपिन्समा कम्तीमा २६ जनाको मृत्यु

मनिला । मध्य फिलिपिन्सको सेबु प्रान्तमा मंगलबार राति गएको शक्तिशाली भूकम्पमा कम्तीमा २६ जनाको मृत्यु भएको छ । भूकम्पमा परी १४७ जना घाइते भएका छन् ।

फिलिपिन्सको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले बुधबार दिएको जानकारीअनुसार ६.९ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पका कारण सडक तथा पुलहरू क्षतिग्रस्त भएका छन्।

सेबु प्रान्तीय अस्पताल, बोगो सिटीमा घाइतेहरू ल्याइँदा स्वास्थ्यकर्मीहरू दबाबमा परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । फिलिपिन्सको ज्वालामुखी विज्ञान तथा भूकम्प संस्थाले प्रारम्भमा ६.७ म्याग्निच्युड मापन गरेको भए पनि पछि परिमार्जन गर्दै ६.९ म्याग्निच्युड रहेको जनाएको छ।

भूकम्पको केन्द्र बोगो सिटीबाट करिब १९ किलोमिटर उत्तर–पूर्व, ५ किलोमिटर गहिराइमा रहेको जनाएको छ । यो कम्पन मध्य फिलिपिन्सका विभिन्न प्रान्तमा मात्र नभई दक्षिणी क्षेत्रसम्म महसुस गरिएको थियो। प्रशान्त महासागरको “रिङ अफ फायर” क्षेत्रमा पर्ने फिलिपिन्स भूकम्प र ज्वालामुखी गतिविधिप्रति उच्च संवेदनशील मानिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *