वेस्ट इन्डिजविरुद्ध आसिफको अर्धसतक पूरा

काठमाडौं । नेपालका ओपनर आसिफ शेखले वेस्ट इन्डिजविरुद्ध जारी टी-२० आई सिरिजको दोस्रो खेलमा अर्धसतक पूरा गरेका छन् । युएईस्थित शारजाह क्रिकेट स्टेडियममा जारी खेलमा आसिफले सिरिजको पहिलो अर्धसतक पूरा गरेका हुन् ।

आसिफले ३४ बलमा अर्धसतक पूरा गरेका हुन् । त्यसक्रममा उनले ८ चौका प्रहार गरे । टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले ताजा अवस्थामा १३ ओभरको समाप्तिमा तीन विकेटको क्षतिमा रन बनाएको छ । हाल आसिफलाई सन्दीप जोराले २६ रन बनाउँदै क्रिजमा साथ दिइरहेका छन् । यसअघि कुशल मल्ल ७, रोहित पौडेल ३ र कुशल भुर्तेल २ रन बनाउँदै पभिलियन फर्किएका हुन् ।

वेस्ट इन्डिजको लागि अकिल होसिनले एक विकेट लिए ।

नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । पहिलो खेलमा घाइते भएका नन्दन यादवको स्थानमा मोहम्मद आदील अलाम प्लेइङ ११ मा रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *