वेस्ट इन्डिजविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । वेस्ट इन्डिजविरुद्ध जारी टी-२० आई सिरिजको दोस्रो खेलमा नेपालले टस जितेको छ । शारजाह क्रिकेट स्टेडियममा केहिबेरमा शुरू हुने खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङको निर्णय लिएका हुन् ।

नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । पहिलो खेलमा घाइते भएका नन्दन यादवको स्थानमा मोहम्मद आदील अलाम प्लेइङ ११ मा रहेका छन् ।

नेपालको प्लेइङ ११ :- कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, रोहित पौडेल(कप्तान), कुशल मल्ल, दीपेन्द्र सिंह एरी, गुलसन झा, मोहम्मद आदील अलाम करण केसी, सोमपाल कामी, ललित राजवंशी

Leave a Reply

Your email address will not be published. Required fields are marked *