गाजा शान्ति योजनामा नेतान्याहूलाई दबाब दिने राष्ट्रपति ट्रम्पको घोषणा

 

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई स्वागत गर्दै गाजा शान्ति योजनालाई अघि बढाउने उच्चस्तरीय वार्ता सुरु गर्ने घोषणा गरेका छन् ।

गत हप्ता अरब नेताहरूसँगको छलफलपछि राष्ट्रपति ट्रम्पले गाजाको करिब दुई वर्ष लामो युद्ध अन्त्य गर्ने, हमासद्वारा बन्धक बनाइएकाहरूलाई मुक्त गर्ने तथा प्यालेस्टिनी लडाकू समूहलाई निशस्त्र पार्ने सम्झौता प्रभावकारी रूपमा अघि बढेको दाबी गरेका थिए ।

उनले आफ्नै ट्रुथ सोसल प्लेटफर्ममा लेख्दै उत्साहपूर्वक भने, “सबै पक्ष पहिलो पटक एउटै दिशामा छन् । हामी यसलाई पूरा गर्नेछौँ ।”

तर प्रधानमन्त्री नेतान्याहुले भने हालैका गतिविधिमा आशावाद कम देखाएका छन् । उनले  शुक्रबार संयुक्त राष्ट्र महासभामा सम्बोधन गर्दै हमासविरुद्ध ‘अन्तिम लक्ष्य हासिल गर्ने’ प्रतिबद्धता व्यक्त गरे र प्रमुख पश्चिमी राष्ट्रहरूले मान्यता दिएको प्यालेस्टिनी राज्य निर्माणलाई रोकिने घोषणा गरे ।

साथै, गाजा सहरमा जारी सैन्य आक्रमण रोकिने सङ्केत पनि उहाँबाट प्राप्त श छैन, जसका कारण लाखौँ नागरिक विस्थापित भएका छन् ।

सत्ता पुनःग्रहण गरेका राष्ट्रपति ट्रम्पको कार्यकालमा प्रधानमन्त्री नेतान्याहुको यो चौथो ह्वाइट हाउस भ्रमण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *