एजेन्सी । भारतले नवौंपटक एसीसी एसिया कपको उपाधि जितेको छ । आइतबार राति सम्पन्न फाइनल खेलमा चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई ५ विकेटले हराउँदै भारतले उपाधि जितेको हो ।
जितको लागि १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको भारतले १९.४ ओभरमा ५ विकेटको क्षतिमा १ सय ५० रन बनाउँदै लक्ष्य भेट्टाएको हो । भारतलाई जित दिलाउन तिलक बर्माले अर्धसतक बनाए । उनले ५३ बलमा ४ छक्का र ३ चौका हिर्काए । यस्तै शिभम डुबेले ३३, सन्जु साम्सनले २४ र सुभ्मन गिलले १२ रनको योगदान गरे ।
पाकिस्तानको लागि फाहिम अश्राफले ४ ओभरमा २९ रन दिएर तीन विकेट लिँदा शाहिन शाह अफ्रिदी र अब्रार अहमदले एक/एक विकेट लिए ।
यसअघि दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको पाकिस्तानले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ४६ रन बनाएको थियो । खेलमा एक समय १२.५ ओभरमा दुई विकेटको क्षतिमा १ सय १३ रनको स्थितिमा रहेको पाकिस्तानको त्यसपछि लगातार विकेट पतन हुँदा ठुलो योगफलबाट बन्चित भएको हो ।
पाकिस्तानको लागि ओपनरद्वय शाहिब्ज्दा फर्हानले ५७ र फखर जमानले ४६ रहन बनाउँदा अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन् ।
भारतको लागि कुलदिप यादवले ४ ओभरमा ३० रन दिएर चार विकेट लिए । यस्तै जस्प्रित बुम्राह, वरुण चक्रवर्ती र अक्सर पटेलले समान एक/एक विकेट लिए ।
प्रतियोगितामा सर्वाधिक रन बनाएका अभिषेक शर्मा ‘प्लेयर अफ दि सिरिज’ चुनिंदा ७ खेलमा १७ विकेट लिएका कुलदिप यादव उत्कृष्ट बलर चुनिए ।
उपाधि जितेपनि भारतका खेलाडीले खेलपछि एसिया कपको ट्रफी उचाल्न अश्वीकार गरेका थिए । एसिया कपको ट्रफी एसियाली क्रिकेट काउन्सिलका अध्यक्ष मोहसिन नाक्भीले प्रदान गर्ने तालिका रहेपनि उनीबाट ट्रफी लिन भारतीय खेलाडीले अश्वीकार गरेका थिए ।