म्याड्रिड डर्बीमा रियल म्याड्रिडको लज्जास्पद हार

एजेन्सी । स्पेनिस लिग ला लिगा अन्तर्गत भएको म्याड्रिड डर्बीमा रियल म्याड्रिडले लज्जास्पद हार बेहोरेको छ । शनिबार राति भएको खेलमा म्याड्रिड एथ्लेटिको म्याड्रिडसँग ५-२ गोलले पराजित भएको हो । यस सिजन म्याड्रिडको यो पहिलो हार हो ।

मेट्रोपोलिटानोमा भएको खेलमा एथ्लेटिकोलाई जित दिलाउन जुलियन अल्भारेजले दुई तथा रोबिन ले नोर्माड, अलेक्सान्दर सोर्लोथ र  एन्टोनी ग्रिजमनले समान एक/एक गोल गरे । म्याड्रिडको लागि किलियन एम्बाप्पे र आन्द्रा गुलेरले समान एक/एक गोल गरे ।

१४ औँ मिनेटमा सिमोनेको क्रसमा नोर्माडले गोल गर्दै एथ्लेटिकोलाई शुरूवाती अग्रता दिलाएका थिए । २५ औँ मिनेटमा गुलेरको पासमा एम्बाप्पेले गोल गर्दै म्याड्रिडलाई १-१ गोलको बराबरीमा ल्याए । ३६ औँ मिनेटमा भिनिसियस जुनियरको पासमा गुलेरले गोल गर्दै म्याड्रिडलाई २-१ गोलको अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा कोकेको क्रममा सोर्लोथले गोल गर्दै घरेलु टोलीलाई २-२ गोलको बराबरीमा ल्याए । ५१ औँ मिनेटमा अल्भारेजले पेनाल्टीमा गोल गर्दै एथ्लेटिकोलाई ३-२ गोलको अग्रता दिलाए । ६३ औँ मिनेटमा अल्भारेजले फ्रि-किकमा सिधैं गोल गर्दै एथ्लेटिकोले खेलमा ४-२ गोलको अग्रता लिएको थियो ।

यस्तै दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा ग्रिजमनले गोल गर्दै एथ्लेटिकोलाई ५-२ गोलको जित दिलाएका हुन् । जितसँगै एथ्लेटिको ७ खेलबाट १२ अंक जोड्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ । समान खेलबाट १८ अंक जोडेको म्याड्रिड शीर्ष स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *