वेस्ट इन्डिजविरुद्ध नेपालको मध्यम शूरूवात

काठमाडौं । वेस्ट इन्डिजविरुद्ध जारी टी-२० आई सिरिजको पहिलो खेलमा नेपालले मध्यम शुरूवात गरेको छ ।

शारजाह क्रिकेट स्टेडियममा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले शुरूवाती १० ओभरको समाप्तिमा दुई विकेटको क्षतिमा ६८ रन बनाएको छ । हाल कप्तान रोहित पौडेल २४ र कुशल मल्ल ३० रन बनाउँदै क्रिजमा छन् । यसघि ओपनरद्वय कुशल भुर्तेल ६ र आसिफ शेख ३ रन बनाउँदै पभिलियन फर्किएका हुन् ।

नेपालको प्लेइङ ११ :- कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, रोहित पौडेल(कप्तान), कुशल मल्ल, दीपेन्द्र सिंह एरी, गुलसन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी

Leave a Reply

Your email address will not be published. Required fields are marked *